विविधताले भरिएको मनोरम मनाङ (फोटो फिचर)

वरिपरि हिमाल, बिचमा कलकल बगेको नदी । अलिकति माथि आकाशमा छरपष्ट बादल । त्यसै-त्यसै मन आनन्दित बनाइदिने मनोरम दृष्य हो, हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको ।

बाह्य पर्यटकको प्रमुख रोजाईमा परे पनि आन्तरीक पर्यटक भने यहाँ खासै आउँथेनन् । तर सडक संन्जालले छोएपछि अहिले मनाडमा आन्तरिक पर्यटक पनि सल्वलाउन थालेका छन् ।

यहाँ दुई पांग्रेभन्दा चारपांग्रे सवारी साधनमा जाँदा उपयुक्त हुन्छ । कुनै कुनै स्थानमा ठाडो उकालो भएका कारण दुईपाग्रे सवारी साधनमा कष्टप्रद हुन सक्छ ।

दुई हजार २ सय ४६ वर्ग किलोमिटर क्षेत्रफल फैलिएको मनाङ जिल्लामा विश्वकै उत्कृष्ट पदयात्रामा पर्ने थोरड्ला पाससमेत पर्छ । यति मात्र नभएर विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलीचो ताल समेत यहाँ रहेको छ ।

मनाडका समाजसेवी त्रिपल गुरुड भन्छन, ‘मनाडमा आन्तरिक पर्यटहरुको निकै चासो बढेको छ । तर राजधानीबाट मनाडमा सहजै नभएका कारण धेरै आन्तरिक पर्यटक आउन सकेका छैनन् ।

आन्तरिक तथा बाह्य पर्यटकको न्युनतम आवश्यकता भनेको नियमित हवाई उडान, व्यवस्थित सडक संजाल तथा प्रभावकारी सुचना तथा सञ्चार हुनु हो । तर मनाडमा यी सबै पक्षमा कमजोर छ ।

समाजसेवी गुरुङ भन्छन्, ‘यसको लागि हामीले राज्यसँग बारम्बार कुरा राख्यौ तर हाम्रो सुनुवाई खासै हुन सकेको छैन ।

बुधबार, कार्तिक २२, २०७४ मा प्रकाशित खबर