दैवको लिला पनि कस्तो दुःखी गरिब माथि नै बज्रपात, इन्द्रेणी बन्यो भगवान्…..

सप्तरी जिल्लाको कञ्चनपुर ८ लतवेदीटोलमा एउटा सानो फुसको छानो भएको घरमा दर्दनाक पीडा छ । पीडासंगै अनेकन समस्याहरु छन् । ११ बर्षको उमेरमै पोलियो थोपाको कमिले गर्दा अपाङ्ग बन्नु परेको पिडा कुलेश्वर राउतले सुनाउंछन् । पुर्वको यात्रा पुरा गरेर फर्किने क्रममा त्यो पीडालाई सुन्दा इन्द्रेणीका सञ्चालक कृष्ण प्रसाद कंडेलको नेतृत्वको इन्द्रेणी टिम त्यो स्थानमा आई पुगेको थियो । आफु बाल्यकाल अवस्थामै अपाङ्ग भए, श्रीमतिको पित्तथैलीको समस्याले काम गर्न नसक्ने, छोरा सुरज राउत मोटरसाईकल दुर्घटनामा परी अपाङ्ग बनेको र अर्को छोराको सानै उमेरमा मानसिक सन्तुलन गुमाई सकेको कहाली लाग्दो पीडा इन्द्रेणीमा सुनाएका थिए ।

सुरज राउत करिब ३/४ बर्ष अगाडि मलेसियामा कामको सिलसिलामा गएको थिए । घरपरिवारको लागि केहि जोहो गरेर ल्याई सबैलाई सुख दिने सपना बोकेर विदेश गएका थिए । तर काम गर्दा गर्दै अलि कमाउने समयमा घरमा आमा विरामी परेकोले उपचारको लागि घरमा आउन बोलाईयो । मनभरी पीडाको गांठो बोकेर घर फर्किएका थिए । घरमा आएको केहि दिनपछि साथीको मोर्टरसाइकलमा सवार भएको बेला गाउंकै चिनेका व्यक्तिले चलाएको गाडीको दुर्घटना परे । उनी बेहोस् अवस्थामा रहेको बेला चालकले गाडी पछाडी गरेर उनलाई मार्ने उद्देश्यले उनको बेहोस् अवस्थामा रहेको शरीरमाथि गाडी पु¥याएछ । त्यहीबेला उनको दुइवटा खुट्टा पुरै काम नदिने भए र शरीरका विभिन्न भागमा गहिरो चोटपटक लागेर बेहास अवस्थामा देखिपछि थाहा पाउने छिमेकि मान्छेहरुले अस्पतालसम्म पु¥याई दिएको उनका बुवाले भक्कानिदै बताएका छन् । तर अस्पतालमा उपचार गर्ने पैंसा थिएन । जुन गाडीवाला हो उसलाई समाते पनि न्याय दिने सम्बन्धित निकायले उसको गल्ती छैन भनेर उसलाई छाडि दियो तर हामी गरिब के गर्ने कोही कसैले हाम्रो पक्षमा न्याय दिलाउने काम गरेरन् , आफुसंग भएका जायजेथा बेचेर छोराको उपचार गराइयो भन्दै आंखाभरी आसुंका बलिन्धारा चुंहाउंदै उनका बुवाले दुखेसो पोखेका   थिए ।

कस्तो विडम्बना गल्ती गर्नेलाई सजाय र पिडकलाई न्याय दिनु पर्नेमा झन् गल्ती गर्नेलाई प्रोत्साहन दिएर छाडिन्छ कस्तो न्याय कानुन हाम्रो देशमा । पिडापिडैमा छ आजभोली यो परिवार, एक छाक खान पनि कति कठिन । विचरा घर परिवारको गुजाराको लागि आफु अपाङ्ग भईकन पनि अटोरिक्सा चलाएर दैनिकी चलाउंदै आएको भन्दै कुलेश्वर राउतले बताउंछन् ।
इन्द्रेणीका सञ्चालक कृष्ण प्रसाद कंडेलले त्यहां उपस्थित स्थानिय जनप्रतिनिधि सहितको टोलीलाई सो बारेमा जिज्ञासा राख्दा सबै जनाले यो परिवारको कारुणिक पिडा सुनाएका थिए । इन्द्रेणीका सञ्चालक कृष्ण प्रसाद कंडेलसंग संकलित सहयोग रकम करिब रु.६५,०००/ हस्तान्तरण गर्दा त्यो परिवार साह्र्ै खुशी भएको थियो हाम्रो घरमा भगवान् आई पुग्नु भयो अव हाम्रो परिवारमा दुःख हट्छ होला भन्दै सबैजना खुशी भएका थिए ।

हामी सबै नेपालीले तराईमा डुवान पर्दा पहाडले छेक्नु पर्छ, पहाडमा बाढी पहिरो जांदा तराईले रोक्नु पर्छ, यो पीडादायिक अवस्थालाई हामी सबैले सहयोग गर्नु पर्दछ भन्दै यो कार्यक्रमको भिडियो पुरै हेर्नको लागि इनबक्समा गएर ओपन गरेर हेर्नुहोला र सबैलाई शेयर गर्नुहोला । सहयोग र सुझाव सल्लाहको लागि सम्पर्क नम्बर ९८४१४८९८३५ मा जतिबेला पनि दिनरात कल गर्न सक्नु हुनेछ । धन्यवाद ।

भक्त बहादुर देउवा

शनिबार, भदौ ३०, २०७५ मा प्रकाशित खबर