महिला टेम्पो चालकको गाउने कला पनि कम छैन……

 

धादिङ्गमा सञ्चालन भएको स्थानिय कलाकारहरुको महिला तथा पुरुष दोहोरी गित प्रतियोगितामा इन्द्रेणी टिमका सञ्चालक कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिम सहभागी भएको थियो । सो कार्यक्रममा वरिष्ठ लोकगायक बमबहादुर कार्की, बरिष्ठ लोकगायक, संगितकार तथा निर्देशक नारायण रायमाझी, शिवा आले लगायत प्रसिद्व कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा १२ जना प्रतियोगीहरुले भाग लिई आ आफ्नो गितहरु प्रस्तुत गरेका थिए । प्रतियोगिता कडा प्रतिस्पर्धाकासाथ रमाईलो वातावरणमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सहभागि प्रतियोगिहरुलाई पुरस्कारको समेत व्यवस्था थियो ।
सो कार्यक्रममा इन्द्रेणी टिमले आफ्नो बिभिन्न गित संगितबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । साथै उक्त कार्यक्रममा इन्द्रेणीका सञ्चालक कृष्ण प्रसाद कंडेल र धादिङ्गकि महिला टेम्पो चालक कृष्णमाया श्रेष्ठको बिच ज्यादै रमाईलो र कडा दोहोेरी प्रस्तुत भएको थियो । यस भन्दा एक बर्ष अगाडि धादिङ्गमा कृष्ण कंडेलसंग गित गाउंदा कृष्णमाया श्रेष्ठले ”कुखुराको भाले देख्दा तिम्रै झल्को आउंछ” भनेर पनि गित गाएकि थिईन् ।

बिहिबार, अशोज ४, २०७५ मा प्रकाशित खबर