कर्णाली प्रदेशकै नमुना विद्यालय जुम्लामा इन्द्रेणी टिम…..

जुम्ला जिल्लाको खलङ्गस्थित जनता मा.वि.विद्याालय कर्णाली प्रदेशकै नमुना विद्यालय बन्न सफल भएको छ । सो अवसरमा इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिम सहभागि भएको थियो । विद्यालयको कार्यक्रममा जुम्ला जिल्लाका जनप्रतिनिधि, जिल्लाका सरोकारवाला विशिष्ट व्यक्तित्व, विद्यालयका शिक्षक, शिक्षिका, बिद्यार्थीहरु लगायत सयौं अविभावकहरुको उपस्थिती रहेको थियो । सो अवसरमा विद्यालयका प्र.अ.हरिकृष्ण महतले विद्यालयको गतिविधी तथा आफ्नो विद्यालय कर्णाली प्रदेशकै नमुना हुन सफल भएकोमा खुशी ब्यक्त गर्दै सबैलाई धन्यावाद दिएका थिए ।

साथै,  विद्यालयको रमाईलो कार्यक्रम तथा अन्य गतिविधि हेर्नको लागि लिंकबक्समा गई हेर्नुहोला र हेरी सकेपछि शेयर, कमेन्ट तथा लाईक पनि गर्नु होला ।

बिहिबार, अशोज १८, २०७५ मा प्रकाशित खबर