मनाङका स्याउ टिप्दै प्रधानमन्त्रीले भनेः भ्रष्टचारीको मुख हेर्दिन

मनाङ, २५ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफूमाथि गरेको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् । उनले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङ स्याउ फार्मको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा र विश्वासलाई फरक पर्न नदिने बताएका हुन् ।

‘देशले म सँग विकासको अपेक्षा गरेको छ । शुसासनको अपेक्षा गरेको छ । भष्ट्राचार नियन्त्रणको अपेक्षा गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘जनताको यी विश्वास र अपेक्षालाई तलमाथि पर्न दिन्न ।’

प्रधानमन्त्री ओलीले भष्ट्राचार नियन्त्रणका कदम दृढताका साथ थप प्रभावकारी ढंगले अघि बढाइने बताए । भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिँदै उनले भने, ‘भ्रष्टचारीको मुख हेर्दिन र पद केही हेर्दिन । जुनसुकै तहको भएपनि कारबाही हुन्छ । यसमा सबै ढुक्क हुनुहोस ।’

उनले उर्भर भूमि र स्रोत साधन प्रयोग गरेर देशलाई समृद्ध बनाएरै छाड्ने विश्वास व्यक्त गरे । ओलीले देश सम्वृद्ध र सुखी नेपाली बनाउन धेरै समय नलाग्ने बताए ।

‘अहिलेको सरकार जनताको सरकार हो । यसले जनताका निम्ति काम गर्छ, यहाँहरु ढुक्क रहनुहोस’, प्रधानमन्त्री ओलीले भने । विकास गर्ने संकल्प लिएर अघि बढ्दा कुनै अभाव नहुने उनले बताए । उनले विकास गरेरै देशलाई धनी बनाउन सकिने बताए ।

काठमाण्डौ खबरबाट साभार

बिहिबार, अशोज २५, २०७५ मा प्रकाशित खबर