इन्द्रेणीमा रमाइलो दोहोरी गीतका साथै सहयोगी मनहरुबाट हस्तान्तरण जारी…..

काठमाण्डौ २२ पौष । इन्द्रेणीको स्टुडियो न्युप्लाजा काठमाण्डौमा आज पनि इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिमका कलाकार कृष्ण गन्दर्भ, खिमा रोका मगर, कृष्णा बजगाई, भुमिका बयक, लक्ष्मी घिमिरे, पुर्ण कंडेल, खगेन्द्र बिश्वकर्मा, पावल राई, भक्त बहादुर देउवा लगायत व्यवस्थापक प्रतिमा कंडेल तथा क्यामेरा मेन तथा कोर्डिनेटर दिपक घिमिरे, क्यामेरा मेन तथा कलाकार दिलिप खड्का, क्यामेरा मेन नविन सिग्देल, इन्द्रेणीका गाडी चालक जीवन टण्डन र सदा झैं इन्द्रेणीको ड्यासमा उपस्थित भएका थिए । अन्य १५/२० जना दर्शाकहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको शुरुमा दाङ्गबाट इन्द्रेणीमा आएका सुशिल दुःखी गन्दर्भले मार्मिक गीत प्रस्तुत गरे भने संगै आएका साथी हेमराज गन्दर्भले सारङ्गीमा साथ दिदै गीतलाई अझ मिठास दिएका थिए । लगत्तै इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल र व्यवस्थापक प्रतिमा कंडेलले आफ्नो जीवनचर्यासंग सम्बन्धित प्रसङ्गमा दोहोरी गीत गाउंमा सहभागी दर्शकहरुले हांसी हांसी रमाईलो लिएका थिए भने व्यवस्थापक प्रतिमा कंडेलले पहिलो चोटी इन्द्रेणीको स्टुडियोमा सञ्चालक कृष्ण कंडेलसंग दमदार दोहोरी गित गाएर जवाफ दिंदा सबैजना दङ्ग परेका थिए । बडो रमाईलोका साथ दोहोरी चलि रहंदा गायिका मनमाया वाइवाले दुवै जनाको प्रस्तुतिलाई गीतबाटै प्रसंशा गरिेकि थिईन् । यो रमाइलो गीतकासाथ सबै जना मजाले गितमा मजा लिई रहेका थिए भने कालीकोटको पलांता बस्तीको लागि अमेरिकाबाट आउनु भएका सन्तविर लोहार र उहांको छोराले रु.१०,०००/, राजन पाख्रेल र श्रीमति सुमित्रा खड्काले          रु.१०,०००/ , मदन प्रसाई र श्रीमति रेनुका प्रसाईले रु.३,०००/  र  दिपक फुयालले रु.१,०५० / हस्तान्तरण गर्नु भएको छ । इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले सहयोग गर्ने सबै मनकारी सहयोगी दाताहरुलाई धेरै धेरै धन्यवाद दिनु हुंदै कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

 

आइतवार, पुस २२, २०७५ मा प्रकाशित खबर