सुन्तला बारीमा बाँदर आतंकः किसान चिन्तित……….

मुग्लिन, ५ माघ – चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् ।

‘एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क ग¥यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,’ वडा नं ४ केराबारी बिसौनाका सुन्ताला कृषक एसपी आलेले भने ।

करीब दुई बिघाहामा लगाएको सुन्तला धेरैजसो बिक्री गरीसकेको उनले बताए । बाँदरले बाली पनि नष्ट गर्ने क्रम बढेपछि यहाँका किसान चिन्तित छन् । केही वर्षदेखि बाँदरले सताउन थालेपछि किसानले घरदेखि टाढा रहेको खेतबारीमा खेती लगाउन छाडेको स्थानीवासी मेघनाथ गुरुङ बताउछन् ।

घर नजिकैको खेतबारीमा लगाएको बालीसमेत बाँदरले खाने र नष्ट गर्ने गरेको बताउँदै उनले खेतबारीमा लगाएकोखेती नष्ट गर्न थालेपछि विगत पाँच वर्षदेखि वडा नं २ डाँडा गाउँ भोर्ले र आसपासका किसान चिन्तित बनेका छन, उनले भने ।

‘बाली लगाएपछि उम्रिन नपाउँदै बीउ र उम्रिएका टुसा खाइदिन्छन्, दिनभर बाँदर धपाउन पर्दा अन्य काम गर्न पाउदैँनन्,’ उनले भने । ‘अहिले किसानले घरदेखि टाढा रहेको जग्गामा खेती नै लगाउन छाडेको र घर नजिकैका जग्गामा पनि खेती जोगाउन गाह्रो भएको उनको भनाइ छ । यहाँका किसान कोदो मकैँ फलफूल तथा तरकारी बालीमा निर्भर छन् ।

शनिबार, माघ ५, २०७५ मा प्रकाशित खबर