एनबी ग्रुपका पूर्वसञ्चालक जीतबहादुरलाई आफ्नै भाइले अर्बपतिबाट एकाएक सडकमा पुर्‍याए

काठमाडाैं । एनबी ग्रुपका पूर्वसञ्चालक जीतबहादुर श्रेष्ठलाई आफ्नै भाइले अर्बपतिबाट एकाएक सडकमा पुर्याएका छन् । नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल श्रीलंकन मर्चेन्ट बैंक, एनबी इन्स्योरेन्सलगायतका वित्तीय संस्था र हरिसिद्धि इटा टायल कारखाना सञ्चालक समेत रहेका जीतबहादुरलाई आफ्नै भाई लक्ष्मीबहादुर श्रेष्ठले सडकमा पुर्याएका हुन् ।

भाइ लक्ष्मीबहादुरले दाजुको हरिसिद्धि इटा टायल कारखानाको सबै सम्पत्ती र एनसीसी बैंको ८६ लाख कित्ता सेयर हडपेका छन् । त्यति मात्रै होइन ललितपुर सानेपाको १६ रोपनी क्षेत्रफलमा फैलिएको सुरेन्द्रभवनमा रहेको ‘इन्टरनेशनल क्लव’ समेत हडप्ने दाउमा छन् लक्ष्मी बहादुर ।

लक्ष्मीले उक्त क्लव ६० करोडमा आफूलाई दिन दाजु जीतबहादुरलाई दबाब दिइरहेका छन् । जीतबहादुरले भने उक्त क्लवलाई एक अर्ब रुपैयाँमा मागेका छन् । तर लक्ष्मीबहादुरले अस्वीकार गर्दै आएका छन् ।

एनसीसी बैंकको ८६ लाख कित्ता सेयरमध्ये २१ लाख कित्ता मात्र माग्दा पनि लक्ष्मीबहादुरले दिन मानेका छैनन् ।

श्रेष्ठ दाजुभाइ केही वर्ष अघि वित्तीय अपराधमा मुछिएपछि भारतमा लुकेका थिए । त्यही मैका छोपी भाइले दाजुको सबै सम्पत्ति हडपे । त्यो बेला लक्ष्मीले चौधरी ग्रुपसँग परेको एउटा मुद्दा जित्नका लागि छुट्टिनु पर्ने भनेका थिए । जीतबहादुरले लक्ष्मीको कुरा मान्दै गए । लक्ष्मीले जे-जे भने त्यही मान्दै गए जितबहादुर ।

मुद्दा जित्नका लागि भारतमा लुकेर बस्दा गरेको कागज देखाएर दाजुलाई उनले ठग्नुसम्म ठगे। अदालतमा मुद्दा जित्नका लागि न्यायाधीशलाई ७ करोड रुपैयाँ घुस खुवाएकाे र वकिलका लागि १ करोड ५० लाख दिएको फर्जी विल पेश गरेका छन् ।

जीतबहादुरले भाइको विश्वास गरेर न्यायाधीशलाई घुस खुवायो होला भन्ने ठाने । तर, भाइले आफ्नो श्रीमतीको नाममा व्रिटिस भर्जिन आईल्याण्डमा डेढ अर्ब राखेका रहेछन् ।

खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको नेपाललिक्समा बुहारी विनु श्रेष्ठका नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा डेढ अर्ब रुपैयाँ राखेको तथ्य खुलेपछि जीतबहादुर आश्चर्यमा परेका छन् ।

‘पालेको चरीले आफ्नै आँखा ठुङ्छ’ भन्ने नपाली उख्खान छ । अहिले जीतबहादुरलाई पनि त्यस्तै भएको छ । आफू भन्दा १८ वर्ष कान्छा लक्ष्मीबहादुरलाई काठमाडौँ ल्याएर पढाएर आफैले स्थापना गरेका वित्तीय संस्थामा जागिर दिएर बितिय क्षेत्रमा सफल बनाउँदै लगे ।

भाइ लक्ष्मीबहादुरलाई साथमा लिएर उनले व्यापारमा अगाडि बढे । आफ्नो व्यापारमा समेत उनले भाईलाई साथमा लिएर अगाडि बढे । तर तिनै दाजुकाे सबै सम्पत्ति कुम्लाएर दाजुलाई सडकमा पुर्‍याए ।

भाइले नै गर्दा जीतबहादुरले अहिले आफ्नो घर बैंकमा धितो राखेका छन्। कुनै बेला करोडौंका विलासी गाडी चढ्ने जीतबहादुरसँग अहिले एउटा पुरानो स्करर्पियो मात्रै छ । त्यसमा तेल हाल्नको लागि पनि उनलाई धौधौ पर्छ । उनीसँग औषधी खाने पैसा समेत छैन । औषधी खानको लागि पनि आफन्तहरुसँग हारगुहार गर्नु पर्ने हुन्छ ।

बिहिबार, माघ १०, २०७५ मा प्रकाशित खबर