भृकुटीमण्डपमा मनाईयो कृषि सहकारी कार्यक्रम, साथमा इन्द्रेणीद्वारा रमाईलो सांगितिक कार्यक्रम…

काठमाण्डौं १७ माघ । भृकुटिमण्डपस्थित योगम्बर क्याटरिङ्ग बग्गीखाना रामशाहपथको प्राङ्गगढमा अर्थमन्त्री युवराज खतिवडाको मुख्य अतिथी रहेको नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको ११ औं बार्षिक उत्सव तथा साधारण सभाले आयोजना गरेको कार्यक्रममा सहकारीका अध्यक्ष खेमराज पाठकको सभापतित्वमा कार्यक्रम भव्य रुपमा संचालन भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांड लगायत अन्य बिभिन्न दलका नेतागण, कृषि सहकारी सम्बन्धि व्यक्तित्व र अन्य बिभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिमको समेत सहभागि रहेको थियो । सो कार्यक्रममा अर्थमन्त्रि खतिवडाले देश विकाशको लागि आर्थिक समृद्विको विकाश हुन त्यत्तिकै महत्व रहेकोले यसमा सहकारी क्षेत्रको ठुलो भुमिका रहेको छ । सहकारी क्षेत्रलाई बैज्ञानिक र आर्थिक स्तर बृद्वि बढाउनको लागि सहकारी नीतिहरु निर्माण भई रहेको हुंदा छिट्टै नै कार्यन्वयन हुने कुरा बताउनु भएको थियो । साना किसानद्वारा प्रवर्तित कार्यक्रम भएकोले किसानहरुलाई बढी प्रोत्साहन हुने किसिमबाट प्राथमिकताको आधारमा कार्यक्रम कार्यन्यनमा ल्याइने समेत बताउनु भएको छ ।

साथै उक्त कार्यक्रममा सहकारीसंग सम्बन्धित व्यक्तित्वहरुले सहकारी सम्बन्धि चर्चा परिचर्चा गर्नु भएको थियो भने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कृषिजन्य फलफुलको समेत प्रदर्शन गरिएको थियो । साथै उक्त कार्यक्रममा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेलले सहकारी सम्बन्धि ऐन किसान वर्गको पक्षमा हुनु पर्ने र कृषिमुखि कार्यक्रम भएमा किसानहरु हरेक क्षेत्रमा लाभान्वित हुन सक्ने बताउंदै सो सम्बन्धि अन द स्पोर्ट गीत लेखेर सबैलाई स्टेजमै सुनाउनु भएको थियो भने इन्द्रेणी टिमद्वारा सांगितिक कार्यक्रमका साथै रमाईलो दोहोरी गीत प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको थियो ।

शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित खबर