विदेशमा रहेकी चेलीको मनको बेदना, पढेर कस्को आंखा नसाउला ?


लेखकः अर्चना सुवेदी,   पाल्पा  हाल दुवई

उच्च रहोस सबको बिचार स्वच्छ रहोस भावना

सर्बप्रथम नयाँ तिजको शुभकामना ,

सारै गाह्रो भयो अहिले फाटेको मन सिलाउन

प्रबासिने नेपालिको गर्छु बिलौना,

घर खेत वारि धितो राखी दलाल लाई दिएर

लाग्दा बिदेश मनमा ठुलो सपना लिएर,

दलाल ले फसाइदिदा झुता कुरा लएर

सारै दुख भोग्नु पर्ने बिदेश आएर,

जुन दिन ऊढ्यो जहाज नेपाल को एअरपोर्ट बात

गुज्रिए न बाध्य हुन्छौ अनेक चोट बाट,

जब पासपोर्ट साहुलाइ दिन्छौ राम्रो काम छ भनेर

त्यो दिन देखि बस्नु पर्छ दासी बनेर,

कतिको ज्यान गो अकालमा बिदेशी सहरमा

परिवार लाई हासो खुसी दिने रहरमा,

अति हुँदा अत्याचार नसकेर सहन

खाडिमानै सिमित भए सारा सपना,

कोहिका गुमे बाबा आमा कोहिको सिंदुर पुछियो

नेपालिको रगतले धर्ती मुछियो,

काम को धेरै चाप अनि साहुको धेरै दबाब

नेपाल्मै केही गर अब बिदेश नलाग,

फर्क प्यारा दाजुभाइ फर्कौ भाउजु बुहारी

कतिबस्ने सधै बाहिर देश गुहारी,

बिन्ती गर्छु नेपालीलाइ अब बिदेश नलाउन

मेहेनत गरौ आफ्नै देस मा सुन फलाउन,

राम्रो काम गर्दा पनि दबाब मै परिन्छ दुख

पाएर देश फिर्दा झन थु थु गरिन्छ,

बोल्ने गर्छ्न गाउँ समाज नि नभको अनर्थलाई

समान व्यबहार कहिले छोरी चेलीलाइ,

सहयोग केही छैन देशमा युवा बिदेश लाउदा

तद्पिदै छन नेपाल आमा सहयोग नपाउदा,

सब नेपाली युवा हरु बिदेसिले फसायो

काधमा बन्दुक भाइभाइ लड्दा यो मन रसायो,

कोहि मरिये इराक मा कोहि मरे अफ्गानिस्थान

कहिलेसम्म रोहिरहने हो नेपाली को मन,

भन सरकार प्रबसिको कहिले उधार हुनेछ

प्रदेसिने युवा रोक देस बिकास मा टेवा पुग्नेछ,

ढोका बन्द गरियोस् प्रबासिने बाटोको

जहाँ भए नि लग्छ माया देश माटोको,

न सकेको छु आमा आएको रिन तिर्ननी

पाको छैन चाहेर म घर फिर्ननी,

दु:ख पर्दा अफन्त खोज्दा रहैछ्न तर्किन

तिज आयो थाल्यो दुखी मन धर्किन,

बोल्ने पनि छैन फुर्सद साहू को घर्को कामले

प्रदेसिलाइ सम्जी आँसु झार्छिन आमाले,

छुट्टी कहिले पाइदैन पापी साहुको घरबाट

आवा गर्छु मेरि बोल्नु तार बाट,

प्रदेसि यो छोरी सम्झी सिरानी नरुझाउनु

दिदी बहिनी हेर्नू आमा मन बुजाउनु,

बध्यता ले आए देश्को सिमाना काटेर बाचेर

आउछु पसिनाले पैसा सातेर,

साहुको घरको बन्द कोठा डन्डी ले कुतिन्छ

मनिसिक तनाव दिन्छ्न इज्जत लुतिन्छ,

कुन नेपाली सकेको छ प्रबास मा रमाउन

चहान्न म इज्जत बेची धनकमाउन,

मर्छु बरु तयार छु तातो रगत बगाउन

दिन्न कहिलै इज्जत मा दाग लागाउन,

हे खादी मा छु मन्को पिडा पोख्ने ठाँउ नहुदा

कस्ले देख्ने घर गाउँ देश सम्जी म रुदा ……….

प्रस्तुतिः भक्त बहादुर देउवा

बिहिबार, माघ २४, २०७५ मा प्रकाशित खबर