कमिसन र तस्करीतन्त्रले गर्दा नै देशमा भएका सम्पुर्ण उद्योग व्यवसाय धरासायीमा रहेको बेलौरीका जनताहरुको भनाई (भिडियो सहित)

इन्द्रेणी टिमले देशमा उत्पादन, समृद्वि, तथा राष्ट्रिय एकताको लागि र कसिसन, तस्करी, भ्रष्टचारी, दलाली र गुण्डागर्दीको विरुद्वमा कहिले हिमाल पहाड कहिले तराई मधेसका कुनाकन्दरा गाउंबस्तिहरुमा पुगी गीत संगितको माध्यमद्वारा सन्देशमुलक कार्यक्रमहरु गरेर खवरदारी गर्दै आज १० बर्ष ७ महिना हुंदासम्म निरन्तर रुपमा अगाडि बढी रहेको छ । यसै क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेको पुरानो चिनी मिलको अवस्था साह«ै नै दयनिय रहेको छ । आफ्नो देशमा उत्पादन भएको उखु खेर गई रहेको छ । किसानहरु दुखित भएका छन् । बाहिरी देशबाट कमिसन र दलाली मार्फत सस्तो मुल्यमा चिनी ल्याई यहां भएको उद्योगधन्दा बन्द गर्ने प्रपन्च सरकार पक्षको रहेको चिनि मिलका निर्देशक र त्यहांका जनताहरुको खरो भनाई छ । किसानको दुःख पिडा सरकार पक्षले कहिले पनि नसुनेकोेले गरिब किसानहरुको थाप्लोमा बैदेशिक ऋण दिनानुदिन थपिदैै गएको समेत बताएका छन् । देशमा भएका सम्पुर्ण कल कारखानाहरुलाई दलाल, कमिसन तन्त्र र पहुंचवालाले मात्र चलाउने गरेको भन्दै खुल्ला रुपमा आफ्नो गुनासो इन्द्रेणी मार्फत बताएका छन् । देशमा भएको श्रोत साधनलाई प्रयोग गरी युवाहरुलाई कृषि तथा अन्य व्यवसायमा प्रयोग गरी देशमा बन्द भएका कल कारखानाहरु तुरुन्त सञ्चालनमा ल्याई दलाल, तस्करी र कमिसनलाई निरुत्साहित गर्दै जाने काम सरकारले गरोस् भन्दै जनताहरुको सुझावलाई इन्द्रेणीले उजागार गरेको छ । तल रहेको सन्देशमुल भिडियो हेरी हाम्रो पेज Indrenisamaj.Com लाई Like, Share र Comment अवस्य हेर्नु होला ।

शनिबार, फाल्गुन १८, २०७५ मा प्रकाशित खबर