साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा

काठमाण्डौ । महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक हरि खड्काले २० जनाको अन्तिम नामावली तयार पारेका हुन् । जसमा अनुसँगै सुनिता चौधरी र विमला चौधरीले टिममा स्थान बनाउन सकेनन् ।

युवा खेलाडीलाइ प्राथमिकता दिएको नेपाली टिममा यू-१९ टिमका ६ खेलाडी नै राष्ट्रिय टिममा परेका छन् ।जसमा पुजा राना, उषा नाथ, रेखा पौडेल, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन र अन्जना रानामगर रहेका छन् । करिब तीन साताको प्रशिक्षणपछि नेपाली टिमको घोषणा गरेको हो ।

यसपटक नेपाललाई उपाधिको दावेदारका रूपमा हेरिएको छ । भारतमा भएको महिला गोल्डकपको उपविजेता भएपछि नेपाली टिमको मनोबल पनि उच्च बनेको छ । फागुन २८ गते विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानसँग खेल्ने छ ।

कोको परे टिममा ?

गोलकिपर : उषा नाथ, एन्जिला तेम्बाप्पो सुब्वा, अन्जना राना मगर

डिफेन्डर :अमृता जैशी, कविता धिमाल, पूजा राना, मन माया लिम्बू, हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर,

मिडफिल्डर : सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा,

स्ट्राइकर : सावित्रा भण्डारी, रेखा पौडेल, निरु थापा कप्तान

बिहिबार, फाल्गुन २३, २०७५ मा प्रकाशित खबर