बारा र पर्सामा गएर इन्द्रेणीबाट यस्तो सहयोग र सहयोगी मनकारीहरुसंग सहयोगको अपिल (भिडियो सहित)

यहि चैत्र १७ गते तराईको बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीले वितण्डा मच्चायो । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कँडेलले राहत लिएर जानु भएको थियो । त्यहांको अवस्था बुझ्दा करिब ५० सेकेण्डसम्म आएको त्यो हावा हुरीले त्यहांका बासिन्दाको चिल्लीबिल्ली नै पारि दियो । कैयौका ढलान घर पनि बांकी राखेन । सबै जसो घरहरु ध्वस्त भएका छन् । एकै घरका ४ जना परिवारको निधन भएको छ । प्रत्येक घरमा रुवावासी मात्रै छ । त्यहांको गाउंवस्तिहरु उजाड मरुभुमि झै बनेको छ । २९ जनाको निधन भई सकेको र सयौं घाईतेहरुको उपचार भई रहेको अवस्था छ । अहिले सबैको ध्यान त्यहिं केन्द्रित रहेपनि राहत लिएर जाने संघ संस्थाहरुले पिडितहरुको पहिचान नगरी जथाभावि दिने गरेको गुनासो त्यहांका स्थानियले सुनाए । इन्द्रेणीको तर्फबाट रु.१,५०,०००। घरका सदस्य गुमाएका, हालसम्म राहत नपाएका तथा अति नै दयनिय अवस्था भएकालाई हस्तान्तरण गरिएको थियो । अति नै कारुणिकता र यो अकस्मात् विपतिको यो दृश्य हेरेर हजुरहरुले सकेको सहयोग गरि दिनु होला । अनि हाम्रो पेज Indrenisamaj.Com लाई Like, Share र कमेन्ट गरि सहयोग गरी दिनुहोला । सहयोगको लागि सम्पर्क नम्बर ९८४१४८९८३५ । भिडियो क्लिक गर्नु होला हेर्नुहोला । धन्यवाद ।।।

 

शुक्रबार, चैत्र २२, २०७५ मा प्रकाशित खबर