अमर विरही गुरुङ्गले आफ्नो उमेर ६५ पुगेपनि मनमाया वाइवालाई कान्छी बनाएर लैजान्छु भन्दा यस्तोसम्म भयो (भिडियो सहित)..

कास्की जिल्लाको पोखरास्थित बागेडांडामा इन्द्रेणी टिम सहित वरिष्ठ कलाकार तथा संगितकार अमर विरही गुरुङ्ग, वरिष्ठ गायक तथा बांसुरीबादक कृष्ण गुरुङ्ग, वरिष्ठ गायिका विमा कुमारी दुरा लगायत गायिका शान्ती गुरुङ्ग, भिमकली गुरुङ्ग र दुर्गा गुरुङ्गको सहभागिता दोहोरी कार्यक्रम प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा अमर विरही गुरुङ्ग र मनमाया वाइवाबिच झकास दोहोरी भएको थियो । मनमाया वाइवाले बुढो भई सक्यो के सक्थ्यौ र अव भन्दा अमर विरही गुरुङ्गले उमेर गएपनि अझै जोश छ तिमिलाई कान्छी बनाएर लैजान्छु भन्दा सबै दर्शकहरुलाई हंसाएका थिए । उक्त कार्यक्रममा कृष्ण गुरुङ्ग, विमा दुरा, तथा अन्य कलाकार र इन्द्रेणीको तर्फबाट रमाईलो गीतहरु प्रस्तुत भएका थिए । यो रमाईलो दोहोरीको भिडियो हेर्नको लागि तलको लिंकमा गएर क्लिक गर्नु होला र पुरै हेरी सकेपछि हाम्रो पेज WWW.Indrenisamaj.Com लाई Like, Share र Comment  गर्न नभुल्नु होला । सदैव हाम्रो साथमा रहनु होला । हजुरहरुको निरन्तर साथसहयोग रही रहनेआशा लिएका छौं । जय इन्द्रेणी ।।।

शनिबार, चैत्र २३, २०७५ मा प्रकाशित खबर