इन्द्रेणी टिम कालीकोट तर्फ प्रस्थान…

काठमाण्डौ १५ वैशाष । इन्द्रेणी समाजका अध्यक्ष कृष्ण प्रसाद कँडेलको नेतृत्वमा दिपक घिमिरे, देवी आले मगर, खिमा रोका मगर, लक्ष्मी घिमिरे, पावल राई, कृष्ण बहादुर गन्दर्भ, खगेन्द्र विश्वकर्मा, कृष्णा बजगाई, भुमिका बयक, चन्द्र मन्दिर, छत्र बहादुर शाही, खगेन्द्र अधिकारी, जीवन टण्डन सहितको टिम बैशााष १४ गतेको सांझ ७.०० वजे काठमाण्डौबाट सुर्खेत तर्फ प्रस्थान गरेका छन् ।


भोली सुर्खेत पुगी सुर्खेतस्थित एक कार्यक्रममा सहभागि भई दिउंसो कालीकोट तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । गत माघ महिनामा कालीकोट पलाँतास्थित न्यौपाने बस्तिमा भिषण आगो आगि भई पुरै गाउँ ध्वस्त हुंदा इन्द्रेणीको उपस्थितीमा त्यहांको लागि सहयोगको अपिल गरेको थियो । देश विदेशबाट सहयोगी मनकारीहरुले पठाएको प्राप्त सहयोग रकम रु.२३ लाख हस्तान्तरणको पनि कार्यक्रम रहेको छ । उक्त रकमबाट कस्तो किसिमको घर निर्माण गर्ने सो समेत सम्बन्धित पक्षलाई उचित सल्लाह तथा सुझाव दिने कार्यक्रमको योजना रहेको छ ।

साथै यहि अवसरमा बैशाख १७ गतेदेखि २२ गतेसम्म कालीकोट जिल्लाको नरहरीनाथ गाउंपालिकाको  बिभिन्न स्थानमा सांस्कृतिक तथा पर्यटकिय मेलाको पनि आयोजना गरिने भएकोले उक्त कार्यक्रममा ईन्द्रेणीलाई निमन्त्रणा समेत भएको हुंदा त्यस तर्फ पनि इन्द्रेणीको सहभागि हुने कार्यक्रमको योजना रहेको छ । उक्त कार्यक्रम लालु, मालकोट, रुप्सा, कुमालगाउँ र कोटवाडाको बिभिन्न स्थानमा सांस्कृतिक मेला र पर्यटकिय विकास तथा प्रवद्र्वनको सन्देश र प्रशार प्रसारको लागि कार्यक्रम राखिएको भन्दै उक्त गाउँ पालिकाका प्रमुख धिर बहादुर विष्टले बताउनु भएको छ ।
।।। भक्त बहादुर देउवा ।।।

आइतवार, बैशाख १५, २०७६ मा प्रकाशित खबर