फोरम र नयाँ शक्तिबीच एकता : नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी…

२३ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।

दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ, जसको घोषणा सभा अहिले चलिरहेको छ ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।

समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १०+१ प्रदेश बनाउनुपर्ने बताएको छ ।

 

2K
SHARES

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

55%

खुसी

4%

दुःखी

16%

अचम्मित

3%

उत्साहित

21%

आक्रोशित

ट्रेन्डिङ

Advertisment

सोमवार, बैशाख २३, २०७६ मा प्रकाशित खबर