सिंहदरबारभित्रका सरकारी कार्यालयको अवस्था यस्तो विजोग, कोही कर्मचारी करौडौको गाडीमा चढ्छन् भने कोही गाडीभित्रै छाता ओडेर प्वाल परेको गाडीमा सररर (यो भिडियो अवस्य हेर्नु होला…

काठमाण्डौ । देशको कार्यपालिका, व्यवस्थापालिका र न्यापालिका रहेको सर्वोच्च ठाउं सिंहदरवारभित्रका सरकारी कार्यालयको अवस्थाको इन्द्रेणी समाजद्वारा अवलोकन गरिएको थियो । बबरमहलस्थित वन वन परिसरभित्र रहेका विभिन्न कार्यालयमा छड्के अवलोकन गर्दा जताजतै फोहोरको डुंगुर र यत्रतत्र पुराना गाडीहरु देखिन्थे । यहां कोही पनि जिम्मेवार देखिदैनन् । एकले अर्कोलाई घोचपेच गर्ने काम मात्र भयो । १०८ बर्षका पुराना गाडी र कैयौ रक्तचन्दनका ट्रकका ट्रक छन् । कहिले कहांबाट ल्याएको कुनै एकिन डाटा समेत छैन । सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारीहरु नै अनभिज्ञ भएको पाइन्छ । यो कुन निकायले जिम्मा लिने हो । हामीलाई अझै जिज्ञासा बढ्दै गयो आफ्नै कार्यलय वरिपरी फोहोर मात्रै छ , कुन निकायले सफा सुग्घर गर्ने र यि गाडीहरुलाई व्यवसस्थापन  कोबाट गर्ने ? बर्षेनी वातावरण दिवस मनाइन्छ । करौडौको खर्च लगानी गरिन्छ । त्यहि अभियान सञ्चालन गर्ने कार्यलय नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित रहेको छ । यहि प्रसङ्गलाई वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतलाई जिज्ञासा राख्दा उहांले सबै प्रक्रिया शुरु भई सकेको  बताउनु मात्र भएको छ ।

 

शुक्रबार, जेष्ठ ३१, २०७६ मा प्रकाशित खबर