आज इण्द्रेणी टिम चितवनमा …….. हेर्नुहोस् ।

आज दिउँसो हुने कार्यक्रम को लागि कृष्ण कडेल लगाएत को इण्द्रेणीको टिम हिजो राति ११ः०० बजे चितवन तर्फ प्रस्थान गरेको हो ।त्यहाँ गएर विभिन्न मनोरञ्जनात्मक क्रीयाकलाप गरीनुका साथै अल्पसंङखिक समुदायमा पर्ने घरबार विहिन १०६ वर्षका ज्ञानेन्द्र चेपाङ्ग को लागि इण्द्रेणीको तर्फबाट निर्मित घर हस्तान्तरण कार्यक्रम पनी रहेको छ । साथै इण्द्रेणी टिमले १०६ वर्षका चेपाङ्ग बाजेको हातबाट टिका ग्रहण गरी दसैंको शुभारम्भ गरीने कार्यक्रम समेत रहेको छ । त्यस्तै त्यहाँ आउनुभएका विभिन्न दुखि पिडित हरुको लागि सहयोग रकम हस्तान्तरण को कार्यक्रम पनि शमावेस छ । यस्तै विविध कार्यक्रमहरु सकेर भोलीको धादिङको कार्यक्रमको लागि इण्द्रेणी टिम आजै फर्कने कार्यक्रम रहेको छ ।

बिहिबार, अशोज १६, २०७६ मा प्रकाशित खबर