कथा/कविता
Rajbabu Shrestha म बाध्यताको पनि महाबाध्यता रहेछु

आज कसैले पहिलो सहयोगको हात मागे मसङ्ग कसैले भोकमा पेट भर्न ठहरमा लाचारीको भात मागे मसङ्ग ए मनुष्यका जिन्दगी मेरो र पनि मैले केही गर्न सकिन आफूलाई...पुरा पढ्नुहोस

कालो देखिन पनि त उज्यालो हुनुपर्छ

अमिलो चुक जस्तो अँध्यारोमा आँखा भएर पनि नभए जस्तो महको गन्ध पाएर बट्टामा कमिलो प्रवेश गर्छकी भन्ने डरले बिर्को जोडले कसे झैँ नयनका बिर्को पनि आफै...पुरा पढ्नुहोस

Rajbabu Shrestha अत्याचारको अन्धो हतियार

घामले बाफियो भन्दैमा हत्केलाले सूर्य मुठी पार्दैमा कहाँ औँसीको रात हुन्थ्यो र ? निष्पट्ट अँध्यारोले हिड्ने बाटो छोप्यो भन्दैमा मुठी खोलेर कहाँ उज्यालोको डहर रोपिन्थ्यो र ? त्यस्को लागि कुर्नै पर्थ्यो भनेर युग पर्खेर कपाल फुलेका मूर्ख वीरयोद्धाहरू आज पनि म पाईल्यै पिच्छे भेटिरहेछु भोकटामा उडुस पर्यो भनेर आफ्नै झुपडीमा आगो लगाई खुन्चिङ्ग पर्यो तँ उडुसलाई भनी कोखिला बजाउने विद्वानहरू पनि म यहीँ देखिरहेछु । दयाको झुपडीमा संकटको आगो दन्किरहँदा पनि ज्वरो आको दमकलमा टाईफयडै भए झैँ आ बादल च्यातिएर कर्णाली हिंडेर आगो निभाइ हालिहाल्छनी भनेर काँधमा बोकेको घैला पनि मूर्खताको गुलेलीको मट्याङ्राले प्याट्ट प्वाल पारिरहेको पनि यही भडुवाँतन्त्रमा देखिरहेछु र त म अक्षर बनेर कविता लेखिरहेछु । त्यसैले जाग ए क्रान्तिकारी अक्षरहरू हो ! बोक मसाल बारुदको दायाँहातमा हावाका सपनाका नारा लाउने कालो कागको पछि कान नछामी दगुर्ने ए निमुखा हठी हो ! ब्युँझ अब त कस कछाड् ऊ पूर्बबाट बालसूर्य अग्रगामीको दौड् मारिरहेका छन् अत्याचारको कालो पश्चिमी क्षितिजलाई च्यात्न तिमीहरू पनि दौड्मार सकिनसकी हलाल गर्न भुत्ते खुकुरीले होइन ए मूर्ख मानवको खोल हो ! लाग्ने छुरी भए पुग्छ हेरन केही दिन त्यसरी नै अत्याचारको अन्धो हतियार आप्सेआप रुक्छ । राजबाबु श्रेष्ठ ‘सागर’ महोत्तरी, गौशाला न. पा. वडा १ ...पुरा पढ्नुहोस

ताजा अपडेट