बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

सानेपामा डरलाग्दो दुर्घटना, पत्रकार गोविन्द शर्माको निधन…


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : आइत, जेष्ठ १९, २०७६


१९ जेठ, काठमाडौं । ललितपुरको सानेपामा स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरीका पत्रकार गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरी छन् । शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले दुर्घटनामा परेका दुई जनालाई नर्भिक अस्पताल लगिएको पुष्टि गरे । तर, उपचारका क्रममा दुवैको मृत्यु भएको उनले जनाए ।

उनका अनुसार कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology