बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

टुङनाको साहारामा जिवन बिताएका दृष्टिबिहीन वीर बहादुरको मनछुने कथा


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बुध, मंसिर २५, २०७६


दिपक घिमिरे
काठमाण्डौ,मंसिर २५ । दृष्टीबिहीन वीर बहादुर बिक सिन्धुपाल्चोक भोटेकोशी गांउपालीका १ काङलाङ मा जन्मीएका हुन् । उनि गरीब परिवारका एक सपुत्र हुन् । वीर बहादुर अहिले ३५ बर्षका भए । उनको गाँउमा ढुङगा माटोले बनाएको साने घर थियो तर त्यही घर पनि ०७२ सालको भुकम्पले तहस नहस पारिदियो । जेनतेनले बनायको घर तहस नहस हुँदा उनलाई कम्ती पिडा छैन । उनले घर त बनाए तर घर बनाउँदा लागेको ऋण पनि तिर्न नसक्नुको पिडाले मन कुंडिएको छ ।

टुङनाको साहारामा बाँचेका उनि सडक सडकमा टुङना बजाउँदै एक छाक खानाको लागी सडकमा भौतारीएका उनि इन्द्रेणाीमा आउदा ज्यादै हर्षित देखिन्छन् । उनको घरमा पाँच जना परिवार छन् । जसमध्य दुई छोरी,एक छोरा र श्रीमती छन् । उनिहरुको लालन पोषणका लागी वीर बहादुर सडकमा भौतारीदै हिड्छन् । उनि सारीरिक तवरले अपाङगता भएका एक व्यक्ती हुन् । उनि दृष्टीबिहीन हुन्, दुबै आँखा देख्न सक्दैनन् । दृष्टीबिहिन भएतापनि उनि कला क्षेत्रमा भने निकै अब्बल छन् । टुङना बजायर घरका पाँच जना परिवार पाल्न उनलाई हाम्य परेको छ । उनको कला र सिपलाई कसैले कदर नगरेको उनको भनाई छ ।

नेपालका तिनै तहका सरकारले तिनै तहमा अपाङगता भएका व्यक्तीहरुका लागी निती तथा कार्यक्रम ल्यायो तर ति निती तथा कार्यक्रम कार्यन्वयन हुन नसक्दा यस्ता व्यक्तीहरुले धेरै दुख पाएका छन् । यस्तो हुन नदिनका लागी सरकार तदारुपताको साथ अघि बढ्न जरुरी छ । वीर बहादुर सँग कम्ती क्षामता छैन उनि दलित परिवारमा हुर्केर पनि तामाङ सेलो तथा अन्य लोकदोहोरी गीतहरु पनि गाउने गर्दछन् । लोपउन्मुख मौलीक बाजा उनको लागी जिबन साथी बनेको छ । उज्यालो नेपाल समृद्धीका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम एबिसी इन्द्रणीे पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खोजिमा अघि बढेको छ ।

संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ । प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले सो कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् ।

थुमपाखर २ दोभान सुनकोशीमा घर भई हाल प्रबास अमेरीकामा बस्दै आउनुभएका हेमध्वज कार्की र उहाँकी पत्नी ज्योती बस्नेतले वीर बहादुर बिकको कलालाई सम्मान गर्दै इन्द्रेणीमा आफ्नो हातबाट रु ३० हजार रकम हस्तान्तरण गर्नुभएको थियो र इन्द्रेणीको तर्फबाट रु २० हजार रकम इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले हस्तान्तरण गर्नुभएको थियो । अन्य सहयोगी मनहरुले सहयोग गर्दा जम्मा ८५ हजार रकम हस्तान्तरण गरीएको थियो । सो कार्यक्रममा वीर बहादुर बिकको बेजोड प्रस्तुति रहेको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology