आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

न्यूजिल्याण्डविरुद्धको टेस्ट स् लाबुशेनको दोहोरो शतक


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शनि, पुस १९, २०७६


काठमाण्डौ अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको टेस्टमा घरेलु टोलीले पहिलो पारीमा ४५१ रन बनाएको छ । सिड्नीमा जारी टेस्टमा मार्नस लाबुशेनले करियरकै पहिलो दोहोरो शतक बनाए। यो नै उनको व्यक्तिगत ठूलो स्कोर पनि हो ।

लाबुशेनले पहिलो टेस्टमा १८५ रन बनाएका थिए । दोहोरो शतक बनाउने क्रममा लाबुशेनले स्टिभ स्मिथलाई टेस्टको औसतमा पनि पछाडि छाडेका छन् । स्मिथले अहिले ६२।८४ को औसतमा टेस्टमा रन बनाएका छन् भने लाबुशेनको औसत ६३।६३ छ ।

१४ औँ टेस्ट क्रिकेट खेलिरहेका लाबुशेनले अहिलेसम्म १४०० रन पनि बनाएका छन् ।पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले तीन विकेट गुमाउँदै २८३ रन बनाएको थियो । त्यतिबेला लाबुशेनले शतक बनाएका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाका लागि जो ब्रुन व्यक्तिगत १८ रन बनाएर आउट भएका थिए । डेभिड वार्नर र मार्नस लाबुशेनले अस्ट्रेलियाको पारी अघि बढाएका थिए ।

टिमको स्कोर ९५ रन हुँदा वार्नर ४५ रन बनाएर पेभेलियन फर्किए । त्यसपछि स्टिभ स्मिथ र लाबुशेनले १५६ रनको साझेदारी गर्दै अस्ट्रेलियाको स्कोर २५० रन कटाएका थिए ।त्यसपछि स्मिथ ६३ रन बनाएर आउट भएका थिए । म्याथ्यू वेड २२ तथा ट्राभिस हेड १० रन बनाए आउट भएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान टिम पेनसँग लाबुशेनले ७९ रनको साझेदारी गर्दै ठूलो स्कोर बनाउन मद्दत गरेका थिए ।

४१० रन हुँदा पेन व्यक्तिगत ३५ रन बनाएर आउट भए । त्यसलगत्तै ४१६ रन हुँदा लाबुशेन व्यक्तिगत दोहोरो शतकसहितको २१५ रन बनाएर आउट भए । त्यसपछि ४५४ रनहुँदा अष्ट्रेलियाको पुरै विकेट गुमाएको थियो । न्यूजिल्याण्डका कोलिन डी ग्राण्डहोम र निल वाग्नरले तीन तीन विकेट लिए ।४५५ रन पछ्याउने क्रममा जवाफी ब्याटिङ थालेको न्यूजिल्याण्डले दोस्रो दिनको सकिँदासम्म २९ ओभर खेलेर कुनै विकेट नगुमाइ ६३ रन बनाएको छ ।न्यूजिल्याण्डका ओपनर टम लाथम र टम ब्लण्डल क्रमशस् २६ र ३४ रन बनाएर क्रिजमा छन् ।उज्यालो अनलाइन


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology