सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

टिपरले युवाको ज्यान लिएपछि वीरेन्द्रनगरमा तनाव


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : मङ्ल, माघ १४, २०७६


सुर्खेत माघ १४ । टिपरको ठक्करबाट एक युवाको ज्यान गएपछि वीरेन्द्रनगरमा तनाव उत्पन्न भएको छ। मंगलबार बिहान टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोट महावै गाउँपालिका(३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो। टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सिंहलाई करिब २० मिटर टाढासम्म घिसारेको प्रत्यक्षदर्शीले बताए। प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि वीरेन्द्रनगर बजार क्षेत्र तनावपूर्ण बनेको छ। स्थानीयले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन्। सवारी साधन सञ्चालनमासमेत प्रदर्शनकारीले अवरोध गरेका छन्। प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन्। चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। प्रदर्शनकारीले बजार पनि बन्द गराउँदै हिँडेका छन्। अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology