बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

दूध र महको मिश्रण स्वास्थ्यका लागि अत्यन्तै फाईदाजनक !!


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शनि, माघ १८, २०७६


काठमाडौँ । दूधलाई प्राचीन खाद्यपदार्थका रूपमा लिइन्छ । यो निकै पोसिलो खाद्यपदार्थ हो । जुन कुरा प्रमाणित पनि भइसकेको छ । यसबाट प्रोटिन, क्याल्सियम, भिटामिन, क्यलोरिज र फ्याट पाइन्छ । दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ । भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका प्राध्यापक सीआर यादवका अनुसार, दूध र मह आफूआफूमै स्वस्थकर कुरा भएपनि यी दुईको मिश्रणले झनै बढी फाइदा गराउँछ ।

राति सुत्नुअघि मनतातो दूधमा मह हालेर पिउँदा राम्रो निद्रा लाग्छ अनि शरीरमा पोषक तत्त्व पनि मजाले सोसिन्छ ।

यसका अन्य फाइदा यस्ता छन् :

मनतातो दूध र महमा ट्रिप्टोफ्यान नामक तत्त्व हुन्छ जसले शरीरलाई आराम दिलाएर राम्रो निद्रा ल्याउँछ ।

मनतातो दूध र महले फोक्सो र श्वासनलीलाई स्वस्थ राख्छ । रुघाखोकी र सासको समस्याबाट यसले बचाउँछ ।

यसमा प्रोटीन र कार्बोहाइड्रेट्सको राम्रो सम्मिश्रण हुन्छ जसले तागत र स्टेमिना बढाउँछ ।

यो मिश्रणमा एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल तत्त्वहरू पाइन्छन् । दिनदिनै पिउँदा बुढ्यौली ढिलो आउँछ ।

यो मिश्रणले शरीरबाट विषाक्त पदार्थ निकालेर रगतलाई शुद्ध बनाउँछ । रोगबाट बचाएर छाला चम्किलो बनाउँछ ।

यो मिश्रणले पाचनप्रणालीलाई सफा बनाउँछ । ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ ।

दूध र महमा भएको क्याल्सियम, आइरन, प्रोटीन र भिटामिन जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।

यो मिश्रणमा भएको पोषक तत्त्वले स्ट्रेस र टेन्सनलाई हटाएर मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ । यसबाट दिमाग स्वस्थ रहन्छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology