बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

अण्डा धेरै खाँदा मृगौला र मुटुमा असर


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : आइत, माघ १९, २०७६


काठमाण्डौ, माघ १९। । अण्डा स्वास्थ्यका लागि एकदम फाइदाजनक मानिन्छ । अण्डामा भिटामिन ‘ए’, ‘बी’, ‘डी’, ‘बी १२’ डी, इ, के, फस्फोरस, सेलेनियम, भिटामिन तथा जिंक का साथ लुटिन र जीएजेन्थिन जस्ता पोषक तत्व भरपूर मात्रामा पाइन्छ ।

विज्ञहरूका अनुसार एउटा अण्डामा यति धेरै पौष्टिक तत्व हुन्छ जसले एउटा कोषलाई चल्लामा बदल्न सक्ने क्षमता राख्छ ।

धेरै अण्डा खाँदा सुरुमा पेट खराब हुनु सामान्य कुरा हो ।

यसको धेरै सेवन गर्दा पेटमा ग्यास भरिएर अपच, एसिडिटी, ग्यास्ट्रिक, कब्जियत जस्ता समस्याहरू निम्तिन सक्छ ।

अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छ ।

तर, यही पोषक तत्व शरीरमा धेरै हुन गए शरीरमा हानी पुग्न सक्छ । एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खान सकिन्छ ।

योभन्दा बढी खाएमा शरीरमा दुई या तीन गुणा बढी प्रोटीनको उपभोग हुन्छ ।

शरीरमा धेरै प्रोटिन भएमा मिर्गौलामा खराब असर गर्ने गर्छ ।

अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्टेरोल हुने कारणले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने खतरा हुन्छ ।

कोलेस्ट्रोलको मात्रा धेरै भएमा रक्तसंचार हुने रक्त नलीमा टाँसिएर रगत संचारमा अवरोध पुर्‍याउन सक्छ ।

दिनमा तीन वा तीनभन्दा धेरै अण्डा खाँदा मुटुलाई हानी पुर्‍याउन सक्छ र उमेर नपुग्दै मृत्यु हुन सक्ने सम्भावना पनि रहेको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology