आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

चर्चित गायिका र नायक नायिका एकै साथ इन्द्रेणीमा


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : सोम, माघ २०, २०७६


काठमाडौं, माघ २० । दर्शक श्रोताको मनमा बस्न सफल गायिका मिलन नेवार इन्द्रेणी कार्यक्रममा आँउदा सुगम संगीत मय भएको थियो । लेखक सुरेन्द्र महर्जन (अमर ) संगै सयौं दर्शकहरूका माझमा मिलनको प्रस्तुति रहेको थियो ।

नेपाली सांगीतिक क्षेत्रकी व्यस्त गायिका हुन् मिलन नेवार । ‘जहिलेसम्म संसारमा’ बोलको गीतबाट निकै चर्चा कमाएकी नेवारले विभिन्न चलचित्रका गीतहरु गाएकी छन् ।

उनले नेपाली चलचित्र नोटबुकको गाला रातै, गाला रातै, काली चलचित्रको बट स्लोली, चलचित्र परदेशीको कुरा खाट्टि हो, हवल्दार सुन्तली चलचित्रको घण्टी बज्यो, हुर्रे चलचित्रको ठेकीमा दहि, शब्द चलचित्रको गुलेलीले हान्दिउँ की हालसालै प्रदर्शनमा आँउन लागेको नेपाली चलचित्र साङ्लोको काफल पाक्यो लगायतका १२ भाषामा चर्चित गीतहरु गाएकी छिन् ।

उनको नयाँ बजारमा आउदै गरेको गीत इन्द्रेणी मार्फत पहिलो पटक गाउँने अवसर  दिएकोमा इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेत तथा इन्द्रेणी परिवारलाई धन्यवाद दिएकी थिइन् ।

यसै क्रममा फाल्गुन २ गते नेपाली चलिचत्र लभ डायरीज प्रदर्शन मिति नजिकदै गर्दा उक्त चलचित्रका नायक सुशील श्रेष्ठ नायिका रूबिना थापा लगायत लभ डायरीज चलचित्र टिमको समेत प्रस्तुति रहेको थियो।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology