आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

पानी जहाजमा यात्रा गरिरहेका १० जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखियाे


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बुध, माघ २२, २०७६


काठमाडौं, माघ २२ । जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । डायमण्ड प्रिन्सेसु नाम गरेको जहाजमा रहेका तीन हजार सात सय यात्रुमध्ये तीन सय यात्रुको परीक्षण गरिसकिएको छ । परीक्षण गर्दै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

गएको महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्ध भाइरसका बिरामी परेपछि जाँच सुरु भएको थियो । जापानको राष्ट्रिय प्रसारण सङ्गठन  एनएचकेु ले सङ्क्रमण देखिएको १० जना नै ५० वर्षभन्दा माथिका रहेको बताएको छ ।

चार जना ५० वर्ष, चार जना ६० वर्ष, एक जना ७० वर्ष र अर्का एक जना ८० वर्षका रहेका बताइएको छ । सङ्क्रमण देखिएका मध्ये दुई जना जापानी नागरिक रहेको बताइएको छ । तर सङ्क्रमण देखिएका मध्ये कोही पनि गम्भीर अवस्थामा नरहेको एनएचकेले जनाएको छ ।

जापानी स्वास्थ्य मन्त्री कसुनोबु कातोले बुधबार सञ्चारमाध्यमसँग भने, ‘सङ्क्रमण देखिएकाहरुलाई स्वास्थ्य संस्थामा पठाइएको छ ।’ कोरोनाकोक कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology