आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

कोरियन वन र ओमानी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बिहि, माघ २३, २०७६


काठमाडौं माघ २३ । बिहीबार कोरियन वन र ओमानी रियाल बाहेक अरु सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा थियो।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो यसको खरिदद २९६ रुपैयाँ ४५ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६० पैसा र र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो यसको खरिददर ३७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०२ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा रहेको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology