आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

बाजुरामा रुघाखोकी र ज्वरो प्रभावित ३ सय १५ जनाको उपचार, अन्य ठाउँमा पनि बिरामी बढ्दै


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बिहि, माघ २३, २०७६


बाजुरा, माघ २३ । बाजुराको रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा बिरामीको उपचार थालिएको छ । बुधबार औषधिसहित पुगेको डाक्टरको टोलीले एक दिनमै ३ सय १५ जनाको उपचार गरेको छ । डाक्टरको टोलीले हिमाली गाउँपालिकामा दुई सय ५० जना र स्वामीकार्तिक खापार गाउँपालिकामा ३५ जना बिरामीको उपचार गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चिसोका कारण बाजुराका अरु ठाउँमा पनि भाइरल ज्वरोका बिरामी बढिरहेका स्वास्थ्यकर्मीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेको र जिल्लाबाट थप टोली सम्बन्धित क्षेत्रमा पठाएको जानकारी दिनुभयो ।

हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीका अनुसार मैसमी रुगाखोकी र भाइरल ज्वरो इन्फ्लुएन्जाका कारण सबैजसो गाउँले बिरामी परेका छन् । एक हप्तादेखि फैलिएको रुघाखोकी र ज्वरो नियन्त्रणमा नआएपछि बुधबारमात्रै स्वास्थ्य कार्यालय बाजुराले एक जना डाक्टरसहित तीन जनाको टोली प्रभावित क्षेत्रमा पठाएको थियो ।

ज्वरो र रुघाखोकी लागेका दुई जना बिरामीको भने बुधबार ज्यान गएको छ । स्वामीकार्तिक खापर गाउँपालिका १ जोरुका ९० वर्षीया दल रावल र ५५ वर्षीया प्रेमा कडाराको ज्यान गएको हो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology