आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

कोरोनाले चीनमा ६३६ को ज्यान लियो, ३१ हजारमा संक्रमण


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शुक्र, माघ २४, २०७६


काठमाडौं, माघ २४ । चीनको स्वास्थ्य मन्त्रालयले भनेको छ, बिहीबारमात्रै ७३ जनाको ज्यान गएको छ। मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप ३ हजार १ सय ४३ जनामा संक्रमण भेटिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ९ सय ६२ जना गम्भीर बिरामी छन् र बिहीबार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किसकेका छन्।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको कोराना भाइसका कारण हालसम्म ६ स ३६ जनाले चीनमा ज्यान गुमाइसकेको मन्त्रालयको तथ्यांक रहेको छ। अहिलेसम्म चीनका विभिन्न शहरमा उपचाररत संक्रमितहरुको संख्या ३१ हजार १ सय १६ जना रहेका छन्।

त्यस्तै उपचारपछि १ हजार ५ सय ४० जना अस्पतालबाट निको भएर फर्किएको तथ्यांक सार्वजनिक गरेको छ। कोरोना भाइरसका कारण चीन बाहिर भने २ जनाको ज्यान गएको छ। कोरोनाको बारेमा सबैभन्दा पहिला विश्व समुदायलाई जानकारी दिने चिनीयाँ डाक्टरको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको छ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology