बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

आजको मौसम वर्षा संगै हिमपातको सम्भावना


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शुक्र, माघ २४, २०७६


काठमाडौं, माघ २४ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसमको पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको र दिउँसोबाट पश्चिमी न्यून चापीय प्रणालीको असर सुरु हुनेछ ।

दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु–भागका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी राति देशका पूर्वी भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भाग सामान्यतया सफा रहनेछ। देशको पूर्वी तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । हाल देशको पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology