सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

लोक दोहोरी गायक राजु परियार र बाल गायिका आयुषा गौतमको बेजोड दोहोरी इन्द्रेणी मार्फत प्रशारण हुँदै


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६


दिपक के.सी.

काठमाडौं, माघ २५ गते । देशमा लोक संस्कृती बिचलन हुने भयावह स्थिती भएको बेला इन्द्रेणी कार्यक्रम लोक संस्कृती बचाउनको निमित्त फरक धारबाट अघि बढेको कुरा सबै लाई अवगत नै छ । संस्कृती र सभ्यतालाई सिरोपर ठान्ने इन्द्रेणी कार्यक्रमले अनेक चुनौतीको सामना गर्दै दशौं बसन्त पार गरेको कुरा आम दर्शकलाई थाहा छ । त्यस कारण ‘संस्कृती सभ्यताको जननी हो’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै इन्द्रेणी अघी बढेको छ । आफ्नो कला, क्षमतालाई आफुभित्र गुम्सायर बसेका र त्यस्ता खाले कला, क्षमतालाई प्रस्पुटन गर्ने ठाँउ नपाएका व्यक्तिहरु धेरै छन् ।

यस्ता खाले व्यक्तिहरुलाई इन्द्रेणी कार्यक्रमले स्थान दिएको पाइन्छ । त्यसैले पुराना सर्जक तथा गायकको सम्मान र नँया प्रतिभालाई प्रोत्साहन गर्ने हेतुले सदैव इन्द्रेणी परिवार लागी परेको छ । यसैगरी, लोक दोहोरी गायक तथा सर्जक राजु परियार र बाल गायिका,बहुप्रतिभाकी धनी आयुषा गौतमको बेजोड दोहोरी गीत आज साँझ साढे ६ बजे इन्द्रेणीको आधिकारीक Official Youtube Chhanel Indreni.com मार्फत प्रशारण हुँदैछ ।

इन्द्रेणी परिवारले सबै दर्शकको इच्छा चाहाना लाई आत्मसाथ गर्दै सो भिडियो प्रशारण गर्न लागेको इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले जानकारी दिनुभएको छ । नव प्रतिभासँग दोहोरी गाउनुको बेग्लै आनन्द आउने राजु परियारले बताउनुभएको छ । यस अघि छत्र शाही र आयुषा गौतमको दोहोरी लाई आम दर्शक महानुभावले अत्यन्तै माया गरिदिनु भएको छ । जुन भिडियोले सबै दर्शको मन जित्न सफल भएको छ । यसैबिच आयुषा गौतम ८ वर्षीया बालिका हुन्, उनि अहिले कक्षा २ मा अध्यनरत छिन् ।

उनको जन्मस्थान काभ्रे जिल्ला हो । लोक दोहोरी गायक तथा सर्जक राजु परियार र बाल गायिका,बहुप्रतिभाकी धनी आयुषा गौतमको बेजोड दोहोरी गीत लाई सबै दर्शक महानुभावले मन पराईदिनुहुनेछ भन्ने अपेक्षाका साभ यो भिडियो प्रशारण गर्ने जमर्को गरेका छौं । इन्द्रेणीको आधिकारीक Official Youtube Chhanel Indreni.com लाई लाइक, सेयर, कमेन्ट र सस्क्राइब गरी इन्द्रेणी कार्यक्रमलाई विश्वभरी इन्द्रेणीमय बनाईदिन आम दर्शकलाई अनुरोध गर्दछौं । हजुरहरुको माया र स्नेह प्रति इन्द्रेणी परिवार सदैव आभारी हुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology