सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

शुक्रबारदेखि हलमा ‘सेन्टी भाइरस’


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन ९, २०७६


काठमाडौं, फागुन ९ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

चलचित्रमा धुर्मुस-सुन्तलीसँगै दयाहाङ राई, बुद्धि तामाङ, विल्सन बिक्रम राई, कमलमणि नेपाल, राजाराम पौडेल, वसन्त भट्ट, सूर्यमाला खनाल लगायतको अभिनय छ ।

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्र ‘सेन्टी भाइरस’मा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

यस्तै डिन्डु लामा निर्माताको रुपमा रहँदा फूर्पा लामा सह–निर्माताको रुपमा छन् । ‘सेन्टी भाइरस’ले दिने मुनाफाको २० प्रतिशत सामाजिक कार्यमा लगाउने निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology