सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

जन्मदिनमा प्रधानमन्त्रीलाई रातो गुलाबको माला


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : आइत, फाल्गुन ११, २०७६


काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री ओलीलाई रातो गुलाबको माला लगाइदिनुभयो ।

यस्तै सचिवालयका सदस्यहरुले जन्मदिनको केक काटेका छन् । त्यस अवसरमा प्रधानमन्त्रीको जीवनी झल्काउने ६ मिनेटको भिडियो पनि प्रदर्शन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बालुवाटारको जमघट सकेपछि प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई जानुभएको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology