सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३२ जनासँग लाखौँ ठगी गर्ने पक्राउ


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : आइत, फाल्गुन ११, २०७६


काठमाडौं, फागुन ११ । टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३९ लाख ५६ हजार रुपैयाँ ठगेर भागेका मोरङका एक व्यक्ति पक्राउ परेका छन् ।

मोरङको रतुवामाई नगरपालिका(६ घर भएर काठमाण्डौ महानगरपालिका-६, चुच्चेपाटी बस्दै आएका कमलप्रसाद पोखरेल टेकुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाण्डौले जनाएको छ ।

आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाएर ३२ जना व्यक्तिसँग ३९ लाख ५६ हजार रुपैयाँ लिएको उजुरीको आधारमा पोखरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । उहाँका अनुसार पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology