सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

विवाह अगाडि हुनेवाला जीवन साथीसँग अवश्य सोध्नुस् यी प्रश्न


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : सोम, फाल्गुन १२, २०७६


एजेन्सी– जीवन साथिसँग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस भन्ने चाहन्छन नै । सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन ।

प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाइले प्रेमीको चालचलन र व्यवहारबाट नै धेरै कुरा थाहा पाउनु भएको हुनेछ । तर मागी विवाहको क्रममा हुनुहुन्छ भने त तपाइँले तपाइँको भावी जीवन साथीका बारेमा धेरै धेरै कुरा थाहा पाउनु भएको हुनेछैन ।

जसका कारण वैवाहिक जीवनमा पनि समस्या देखा पर्न जान सक्छ । त्यस कारण तपाइँले केही सावधानी अपनाउन आवश्यक हुन्छ र पार्टनर हुन लागेको व्यतिका बारेमा धेरै जानकारी लिनका लागि केही विषयबारे सोध्नु पर्ने हुन्छ ।

जसका कारण तपाइँको आगामी दिनहरु सुखपूर्वक वित्ने छ ।

विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथी सँग सोध्नुहोस् यी प्रश्नहरुस्

१- तपाईको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो ?

हुनेवाला जीवनसाथीसँग उसको घरपरिवारले पैसाको विषयमा कस्तो दृष्टिकोण राख्छन् र बचतलाई कति महत्व दिन्छन् जान्ने कोशिस गर्नुहोस् । जसले गर्दा उसको व्यवहारको बारेमा बुझ्न तपाईलाई सजिलो हुनसक्छ ।

२- कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने ?

पैसासँग सम्बन्धित धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । यदि तपाईको परिवारले तपाईलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ ।

३- खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ ?

पैसा खर्च गर्ने बानी श्रीमान–श्रीमतीबीचको झगडाको विउ बन्छ । यसकारण खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस् ।

४- पैसासँग सम्बन्धित भविष्यको योजना के छ ?

घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस् । बिवाहपछि पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस् ।

५- बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ ?

आफ्नो हुनेवाला जीवनसाथीलाई तपाई बिवाहमा गरिने खर्चको बारेमा के सोच्नुहुन्छ बताउनुहोस् । यदी आफ्नो बचतको ठूलो रकम यसमा खर्च गर्नुहुन्छ भने यो कुरा भने भन्नुहोस् ।

बिवाहमा हुने खर्च वा अन्य बिषयमा खुलेर कुरा गर्नुहोस् ्र जसले गर्दा पछि आउने समस्याबाट छुटपाउन सकिन्छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology