सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

ईन्द्रेणी टिमलाई बेलायत ल्याएर कार्यक्रम गर्ने गुल्मी समाजको तयारी


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : मङ्ल, फाल्गुन १३, २०७६


लण्डन, फाल्गुन १३ गते । प्रत्यक्ष लोकदोहोरीमार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन सफल कार्यक्रम ईन्द्रेणीको टिम बेलायत आउने भएको छ । बेलायतको अग्रणी सामाजिक संस्था गुल्मी जिल्ला समाज यूकेले ईन्द्रेणी टिमलाई बेलायत ल्याएर कार्यक्रम गर्ने भएको हो । समाजले आपतकालीन कोष स्थापनाका लागि आउँदो महिना आयोजना गर्ने च्यारिटी कार्यक्रममा ईन्द्रेणीको विशेष लोकदोहोरी प्रस्तुत हुनेछ ।

मार्च ३० तारिख सोमबार मिडल्याण्डको नटिंगहममा उक्त कार्यक्रम आयोजना हुनेछ । ईन्द्रेणी टिम बेलायतमा रहंदा लण्डन, अल्डरसट, स्कटल्याण्ड लगायतका बेलायतका अरु केहि स्थानमा समेत कार्यक्रमहरु आयोजना गरिने गुल्मी जिल्ला समाज यूकेले जनाएको छ ।

सोहि कार्यक्रमको तयारीका विषयमा छलफल गर्न आइतबार गुल्मी जिल्ला समाज यूकेको तयारी बैठक बसेको थियो । वुल्वीचको बारकोड रेष्टुरेन्टमा समाजको कार्यसमिति र सल्लाहकार समेतको सहभागितामा सम्पन्न बैठकमा कार्यक्रमको ढाँचा, कलाकार व्यवस्थापन, उनीहरुको भिसा प्रक्रिया लगायतका विषयमा छलफल गरियो ।

कार्यक्रमको संयोजनको जिम्मा यसअघि नै समाजका उपाध्यक्ष तारानाथ भण्डारीलाई दिइएकोमा बैठकले सहसंयोजकमा सल्लाहकार रण केसीलाई राख्ने निर्णय गरेको छ । त्यस्तै मिडल्याण्डका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी संयोजकले सदस्यहरु थप गर्ने बताइएको छ । समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा बसेको बैठकलाई महासचिव बिर बलालले सञ्चालन गरेका थिए । उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य तथा सचिव मञ्जु भण्डारीले हेल्थ एण्ड सेफ्टी ब्रिफ दिएका थिए ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology