सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बुध, चैत्र १२, २०७६

MADRID, SPAIN - MARCH 24: Members of the Military Emergency Unit (UME) take vans of deceased people for cold storage at the Palacio de Hielo ice rink on March 24, 2020 in Madrid, Spain. Spain plans to continue its quarantine measures at least through April 11. The coronavirus (COVID-19) pandemic has spread to at least 182 countries, claiming over 10,000 lives and infecting hundreds of thousands more. (Photo by Carlos Alvarez/Getty Images)

काठमाडौं, चैत्र १२ । स्पेनमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै भएको छ । आज थप ४ सय ४३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३४ सय ३४ पुगेको छ । यो संख्या चीनमा कोरोनाबाट मृत्यु हुनेको भन्दा १ सय ५३ ले बढी हो ।

कोरोना भाइरसको उद्भव मानिएको र महामारी फैलिसकेको चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ३२ सय ८१ जनाको मृत्यु भएको छ । स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित भएका छन् । थप ५५ सय ५२ मा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ४८ हजार नजिक पुगेको हो ।

उपचारारत २६ सय भन्दा बढीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । मृतकका संख्याका आधारमा अब सबैभन्दा बढी प्रभावित हुने देशहरुमा क्रमश इटाली, स्पेन, चीन, इरान, फ्रान्स र अमेरिका छन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology