सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघ्यो, १ लाख १३ हजारभन्दा बढी उपचारपछि निको भए


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६

A medical worker wearing protective gear tends to a patient at a hospital in Lombardy, Italy. The number of deaths linked to the coronavirus in Italy has surpassed the death toll in China, the epicenter of the outbreak.

काठमाडौं, चैत्र १३ । विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ । योसँगै विश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार एक सय ७८ पुगेको छ ।

यस्तै इटलीमा मात्रै सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । यो चीनको भन्दा पनि धेरै हो । चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको ज्यान गएको छ । अहिलेसम्म विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ ।

अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा सङ्क्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन् । सबैभन्दा धेरै चीनमा ८१ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएकोमा ७३ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् भने चार हजार दुई सय ८७ जनाले उपचार गराइरहेका छन् ।

यस्तै चीनपछि इटलीमा सबैभन्दा धेरै ७४ हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म ९ हजार तीन सय ६२ जना उपचारपछि स्वस्थ भएका छन् भने ५७ हजार पाँच सय २१ जनाको उपचार भइरहेको छ । इटालीपछि अमेरिकामा सङ्क्रमितको सङ्ख्या धेरै छ ।

अमेरिकामा ६५ हजार ६ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएकोमा ९ सय ३१ जनाको ज्यान गएको छ भने तीन सय ९४ जना मात्रै निको भएका छन् । सङ्क्रमितको तुलनामा निको हुनेको सङ्ख्या अमेरिकामा अरु देशमा भन्दा कम छ । अमेरिकामा ६४ हजार तीन सय २७ जनाको उपचार भइरहेको छ ।

चीन, इटाली र अमेरिकामा भन्दा स्पेनमा सङ्क्रमितको संख्या कम छ । तर त्यहाँ ज्यान गुमाउनेसँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्पेनमा मात्रै ४९ हजार पाँच सय १५ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ सय ५६ जनाको ज्यान गएको छ भने पाँच हजार तीन सय ६७ जना निको भएका छन् । ४० हजार पाँच सय एक जना उपचाररत छन् ।

स्पेनपछि जर्मनीमा ३७ हजार तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई सय ६ जनाको ज्यान गएको छ । तीन हजार पाँच सय ४७ जना निको भएका छन् । अहिले ३३ हजार पाँच सय ७० जना उपचार गराइरहेका छन् ।

यस्तै इरानमा २७ हजार १७ जनामा सङ्क्रमण भएकोमा दुई हजार ७७ जनाको ज्यान गएको छ भने ९ हजार ६ सय २५ जना स्वस्थ भएका छन् । १५ हजार तीन सय १५ जनाको उपचार चलिरहेको छ ।यसैगरी फ्रान्समा २५ हजार दुई सय ३३ जनामा सङ्क्रमण भएकोमा एक हजार तीन सय ३१ जनाको ज्यान गएको छ । तीन हजार ९ सय जना निको भएका छन् भने २० हजार दुई जनाको उपचार भइरहेको छ ।

अहिले विश्वका एक सय ९७ देश र जापानको योकोहामा बन्ददरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा गरी तीन लाख ३२ हजार ९ सय तीन जनाको उपचार भइरहेको छ । एक लाख १३ हजार आठ सय ९ जना उपचारपछि स्वस्थ भएका छन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology