सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

स्पेनमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चीनमा भन्दा बढी, एकै दिन ६५६ को मृत्यु


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६

MADRID, SPAIN - MARCH 24: Members of the Military Emergency Unit (UME) take vans of deceased people for cold storage at the Palacio de Hielo ice rink on March 24, 2020 in Madrid, Spain. Spain plans to continue its quarantine measures at least through April 11. The coronavirus (COVID-19) pandemic has spread to at least 182 countries, claiming over 10,000 lives and infecting hundreds of thousands more. (Photo by Carlos Alvarez/Getty Images)

काठमाडौं, चैत्र १३ । यूरोपेली देश स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६४७ पुगेको छ । यो संख्या कोभिड-१९ को उद्गमस्थल चीनमा भन्दा पनि बढी हो । चीनमा हालसम्म यो भाइरसका कारण कारण ३ हजार २८७ ले ज्यान गुमाएका छन् ।

युरोपेली मुलुक इटलीमा अहिले विश्वकै सबैभन्दा बढी व्यक्तिले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् भने त्यसपछि स्पेनमा मृतकको संख्या दोस्रो उच्च पुगेको हो । यो समाचार तयार पार्दासम्म स्पेनमा ४९ हजार ५१५ जनामा कोभिड- १९ को संक्रमण पुष्टि भएको वर्ल्डाे मिटर्स डट इन्फोले जनाएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा मात्र ६५६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी एकै दिनमा ७ हजार ४५७ जनामा यो भाइरसको नयाँ संक्रमण देखिएको छ । तर स्पेनमा ५ हजार ३६७ जना भने पूर्णरूपमा निकाे पनि भइसकेका छन् । उता इटलीमा पनि एकै दिन ६८३ जनाले ज्यान गुमाएका छन् भने ५ हजार २१० जना नयाँ केस देखा परेका छन् ।

स्पेनका उपप्रधानमन्त्री कारमेन क्याल्भोमा समेत कोरोना भाइरसको परीक्षण पोजिटिभ देखिएको छ । उनलाई आइतबार कोरोना लक्षणहरू देखा परेपछि अस्पतालमा भर्ना गरिएको थियो ।भाइरस नियन्त्रणका गर्न त्यहाँ अर्को दुई हप्ताका लागि (११ अप्रिलसम्म) देशका सबै राज्यमा आपतकाल विस्तार गरिएको बिबिसीले जनाएको छ ।

नियमअन्तर्गत मानिसहरूलाई आवश्यक सामग्री र औषधि किन्न र जरुरी कामका लागि बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । तुलनात्मक हिसाबले चीनमा संक्रमितको संख्या अधिक देखिए पनि मृत्युदर युरोपेली देशमा भन्दा कम छ । त्यहाँ पछिल्लो एक दिनमा ६७ नयाँ केस देखा परेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology