सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नघ्याे, २४ घण्टामै थपिए ११ हजार बढी नयाँ बिरामी


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६


काठमाडौं, चैत्र १३ । अमेरिकामा पछिल्लो समय काेराेना भाइरसकाे संक्रमण तीव्र भइरहेकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ ६४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको कुल संख्या ९ सय ४४ पुगेको छ ।

अमेरिकाको न्यूयाेर्क विश्वमहामारीकाे अर्काे केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् । न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइसकेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार मात्रै अमेरिकामा ११ हजार १९१ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ६६ हजार ४८ पुगेको छ । तीमध्ये ३९४ जना पूर्ण रुपमा निकाे भइसकेका छन् ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले अमेरिकामा ६४ हजार ७१० जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ४५२ जनाको अवस्था गम्भीर रहेको छ । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका करिब मुलुकमा फैलिसकेको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology