सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

कोरोना संक्रमित युवतीसँगै आएका उदयपुरमा पनि २ युवा, यस्तो छ उनीहरुको अवस्था


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६


काठमाडौं, चैत्र १३ । कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै विमानमा उदयपुरका २ युवा पनि आएको पुष्टि भएको छ । त्रियुगा नगरपालिकाका १ र लिम्चुङबुङ गाउँपालिकाका १ गरी युवा कोरोना संक्रमित युवतीसँग चैत्र ४ गते नेपाल आएका हुन् ।

त्रियुगा नगरपालिकाका युवा जोर्डनबाट कतार हुँदै नेपाल आए । उनी अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कतारबाट क्युआर ६५२ नम्बरको जहाजबाट आएकी ती युवतीमा कोरोना संक्रमित देखिएपछि त्रियुगाका युवा पनि डाक्टरको सम्पर्कमा आएका छन् । जोर्डनबाट आएका युवाको रगत परीक्षणको लागि धरान पठाएको छ । अहिले उनमा कुनै त्यस्तो संक्रमणको लक्षण देखिएको छैन् ।

‘म अहिले सेल्फ क्वारेन्टाइनमा बसेको छु’ उनले भने, ‘टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको डाक्टर र विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको डाक्टरसँग नियमित सम्पर्कमा छु । डाक्टरले आतिनु पर्दैन लक्षण देखिएमा मात्र यहाँ आउनु भन्नुभएको छ ।’ उनले आफू घरमा सजकताका साथ बैग्लै बसेको जानकारी गराएका छन् । ‘छुट्टै कोठामा बसेको छु, छुट्टै ट्वाइलेट बाथरुम प्रयोग गरेको छु भने घर बाहिर कहि कत्तै गएको छैन्’ उनले भने ।

यस्तैकतारबाट नेपाल आएका अर्का युवा लिम्चुङबुङ गाउँपालिकाका हुन् । उनी पनि आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेकाको जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगरले जानकारी दिनुभएको छ । यस्तै त्रियुगा नगरपालिका ६ का एक युवा पनि सिंगापुरबाट भर्खरै आएपनि उनी पनि सेल्फ क्वारेन्टाइनमा रहेको परिवारले जनाएको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology